You are viewing the translated version of जोखिममा आधारित सुपरिवेक्षण प्रणाली.

Section 22
जोखिममा आधारित सुपरिवेक्षण प्रणाली
(१) नियमनकारी निकायले ऐनको दफा ७प. बमोजिम सूचक संस्थाको स्थलगत निरीक्षण तथा गैरस्थलगत सुपरिवेक्षणको विषय, पटक

(फ्रिक्वेन्सी) र दायरा (इन्टेन्सिटी) निर्धारण गर्दा देहायका आधारमा गर्नु पर्नेछः-

(क) राष्ट्रिय, क्षेत्रगत, संस्थागत जोखिम मूल्याङ्कन,

(ख) सूचक संस्थाको व्यवसाय वा कार्यप्रकृति, प्रकार, सङ्ख्या र समूहको अवस्था,

(ग) सूचक संस्थाको जोखिम व्यवस्थापन,नीति, कार्यविधि, आन्तरिक नियन्त्रण प्रणाली,

(घ) व्यवसायमा निहित स्वःविवेकीय : निर्णय अधिकार र जोखिममा आधारित पद्दतिको अवलम्बनको अवस्था,

(ङ) व्यवसाय र जोखिममा समय समयमा देखिएका परिवर्तन,

(च) नियमनकारी निकायले निर्धारण गरेका अन्य आधार्‌।

(२) नियमनकारी निकायले _सूचक संस्था वा सोसँग सम्बद्ध समूहको जोखिमको अवस्था, त्यस्तो संस्थाको पुँजी, कारोबार र सम्पत्तिको आधारमा नियमित रूपमा र व्यवस्थापन तथा कार्यप्रणालीमा कुनै खासं वा महत्त्वपूर्ण परिवर्तन, घटना वा विकास भएमा जोखिम मूल्याङ्कनको पुनरावलोकन गर्नु पर्नेछ।

(३) नियमनकारी निकायले स्थलगत निरीक्षण तथा गैरस्थलगत सुपरिवेक्षण गर्दा वा गराउँदा ऐनको दफा ७फ. बमोजिम कारबाही वा सजाय गर्ने अवस्था रहे वा नरहेको व्यहोरा हेर्नु पर्नेछ।